रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्ता गठबन्धनबीच शतप्रतिशत मत ट्रान्सफरको स्थिति निर्माण भएको दाबी गरेका छन्। रोल्पाको लिवाङमा चुनावी घरदैलो कार्यक्रममा बोल्दै पुनले यस्तो बताएका हुन्।
‘धेरैले गठबन्धन टुट्ने बताएका थिए। हामी बीचको सहकार्य दरिलो बनेको छ। गठबन्धन दलबीच शत प्रतिशत मत ट्रान्सफरको स्थिति निर्माण भएकाले हामी चुनाबाट झनै बलियो बन्नेछौँ,’ पुनले भने। सत्ता गठबन्धन संविधानको रक्षा र मुलुकको समृद्धिका लागि बनेकाले यसले दीर्घकालीन सहकार्य गर्ने पुनले बताए।
‘धेरैले सत्ता स्वार्थका लागि गरिएको गठबन्धन धेरै दिन नटिक्ने भनेका थिए। जनताले त्यस्तो दाबीलाई अस्वीकृत गरेका छन्। संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनले अब समृद्धिका लागि दीर्घालीन सहकार्य गर्छ,’ पुनको भनाइ छ।
चुनावमा सत्ता गठबन्धनको पक्षमा जनलहर देखिएको पुनको दाबी छ। चुनावी पछि गठबन्धनकै सरकार हुने बताएका उनले उक्त सरकारले मुलुकको आर्थिक स्थितिलाई सबल बनाउने बताए। ‘जनताको आयस्तर बढाउन उद्योग र ठूला आयोजनाहरु निर्माण गर्नुपर्छ’, उनले भने। चुनाव पछिको ५ वर्ष सत्ता गठबन्धनलेनै सरकार चलाउने उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
जेनजी विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठबन्धन : वर्षमान पुन
बिचौलियाले प्रधानमन्त्री फेर्न थाले: वर्षमान पुन
संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान पुन
खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन्ः वर्षमान पुन