काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताएका छन् ।
‘निर्वाचनलाई सफल पार्न हामी सबैको दायित्य हो । राणा शासनविरुद्धको अहिलेसम्म मुलुककले राजनीतिक संघर्षको एउटा चरण पूरा गरिसकेको छ,’ मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा भिडियोमार्फत शुभकाना सन्देश जारी गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले भनेका छन् ।
अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने उनले बताए । देउवाले कांग्रेस मुलुकमा भएका हरेक सामाजिक, सांस्कृतिक आन्दोलनको नेतृत्व गरेको पार्टी रहेको स्मरण गराएका छन् ।
‘अब मुलुकलाई आर्थिक समृद्धितिर अगाडि बढाउने दायित्व पनि कांग्रेसको हो,’ उनले भनेका छन्, ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागी भइ गठबन्धनको पक्षमा मत दिन अनुरोध छ ।ु
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति