काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल प्रहरीले सुरक्षा निगरानी बढाएको छ । निर्वाचन बिथोल्ने क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहमाथि गोप्य निगरानी बढाइएको हो ।
प्रहरीले मंगलबारसम्म निर्वाचन बिथोल्ने क्रियाकलापमा संलग्न १ सय १५ जनालाई पक्राउ गरिसकेको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले निर्वाचन बिथोल्ने क्रियाकलापमा संलग्न १ सय १५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
निर्वाचनमा नेपाल प्रहरीका तर्फबाट ७१ हजार ६ सय ९३ सुरक्षाकर्मी परिचालन छन् । निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन प्रहरीले पाएको जिम्मेवारीअनुसार काम गरिरहेको प्रवक्ता राई बताउँछन् । ‘प्रहरीले पाएको म्यान्डेडअनुसार सुरक्षा व्यवस्था तयारी अघि बढाइसकेको छ, केही व्यक्तिमाथि मुद्दा अघि बढाउने तयारीसमेत छ,’ उनले राजधानीसँग भने ।
जिल्ला प्रहरी प्रमुखमातहत रहनेगरी प्रहरी प्रधान कार्यालयले सिपाहीदेखि प्रहरी नायब उपरीक्षक ९डीएसपी०सम्मलाई निर्वाचन सुरक्षाका लागि केन्द्रबाट परिचालन गरेको हो । देशभरका २२ हजार ५ सय ३४ मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा म्यादी प्रहरीबाट गरी झन्डै ३ लाख सुरक्षाकर्मी परिचालन प्रहरीले नियन्त्रणमा लिएकामध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता तयारीसमेत गरिएको छ । उनीहरूका साथबाट विस्फोटक पदार्थ (बारुद) फेला परेको प्रहरी बताउँछ ।
तीमध्ये सात तनहुँबाट तथा चार जनालाई बाग्मती प्रदेशअन्तर्गतका विभिन्न जिल्लाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूमध्ये १ सय ४ जनालाई हाजिरी जमानतमा रिहा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आगामी निर्वाचन विभिन्न ३१ समूहले बहिष्कार घोषणा गरिसकेका छन् । ती समूहले शान्तिपूर्ण गतिविधि गर्ने घोषणा गरे पनि ‘शान्ति सुरक्षामा असर पर्नेगरी गतिविधि सञ्चालन गरेको’ पाइएपछि नियन्त्रणमा लिनुपरेको प्रहरी दाबी छ ।
प्रहरी प्रधानकार्यालयले निर्वाचन भ्रम फैलाउने र शान्ति सुरक्षामा असर पर्नेगरी कुनै गतिविधि गरे तत्काल नियन्त्रण गर्नेगरी पूर्वतयारीमा रहन मातहतका निकायलाई परिपत्रसमेत गरेको छ ।देशभरका २२ हजार ५ सय ३४ मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा म्यादी प्रहरीबाट गरी झन्डै ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी मतदानस्थल सुरक्षा व्यवस्थापनमा खटिनेछ । प्रहरीसँगै म्यादी प्रहरी सो जिम्मेवारीमा रहनेछ । सेनाले निर्वाचनमा बाहिरी सुरक्षा जिम्मा पाएको छ भने सशस्त्र प्रहरीले बाहिरी सुरक्षाअन्तर्गत दोस्रो घेरामा रहनेगरी जिम्मेवारी पाएको छ । सशस्त्रलाई जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत कार्यालयलगायतको सुरक्षाको जिम्मा पनि छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ३० कार्तिक २०७९, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन
निर्वाचन प्रयोजनका लागि ६८ दल दर्ता, आयोगमा दर्ता कायम दलको संख्या १३२ पुग्यो
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै