काठमाडौं । नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल दशरथ रंगशालामा बेलुका साढे पाँच बजे सुरु हुनेछ ।
विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्न लागेको हो । सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक खेल्दैछन् ।
त्यसबेला नेपाल २–१ गोलले पराजित भएको थियो । दुई देशबीच अहिलेसम्म १७ खेल भएकोमा पाकिस्तानले सात र नेपालले पाँच खेल जितेका छन् । पाँच खेल बराबरी भएका छन् ।
नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन् । त्यस्तै पाकिस्तानी टोलीका कप्तान हसन वासिरले नेपालबिरुद्ध राम्रो इतिहास भएको र सोही इतिहासलाई दोहोर्याउनका लागि खेल्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० कार्तिक २०७९, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज
म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा
फिल्म पर्यटनका लागि हिमालमा फुटबल खेल्दै सेलेब्रेटीहरु
फुटबलर विमल घर्ती मगर बाँधिए वैवाहिक बन्धनमा
संकटाको युवा टिमले मोरक्कोमा फुटबल प्रतियोगिता खेल्ने
महिला फुटबल टोली आज बंगलादेश जाने