काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा क्यामेरा र मोबाइल निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको हो ।
आयोगका अनुसार मतदान केन्द्रमा सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु लैजान पाइने छैन । मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा कारबाहीको चेतावनी दिइएको छ ।
मतदान केन्द्रभित्र क्यामरा वा मोबाइल लगेमा जफत गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० कार्तिक २०७९, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै
बैतडीमा पाँच मतदान केन्द्र थपिए
चितवनमा ३४ मतदान केन्द्र थपिए
तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र राख्ने तयारी