काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादन तथा पेन्सनकोषको ४० करोड रुपैयाँ मुद्दती निक्षेप गर्ने भएको छ । मंगलबार सूचना निकालेर राष्ट्र बैंकले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर उल्लेख गरी बैंक तथा वित्तिय संस्थाहरुलाई १ मंसिर साँझ ७ बजेभित्र प्रस्ताव गर्न भनेको छ ।
यसैगरी, सबैभन्दा धेरै ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड रुपैयाँ मुद्दती निक्षेप लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तिय संस्था सञ्चालनको करिब २ वर्ष पूरा गरेको, पुँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जाभन्दा सापटी कर्जाको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पति स्वदेशी निक्षेप २० प्रतिशत वा सोभन्दा बढी, कर्जा निक्षेप अनुपात, अघिल्लो वर्षको नाफा, रियल स्टेट कर्जाजस्ता अन्य शर्तहरु पूरा भएका बैंकहरुले पाउने राष्ट्र बैंकले जनाएको हो ।
यो मुद्दती निक्षेपको अवधि ३६७ दिनको हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ कार्तिक २०७९, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्दै
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर
राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब
मुद्रास्फीति गत वर्षको भन्दा आधा बढी तल झर्यो :
राष्ट्र बैंकले ५० अर्ब निक्षेप तान्दै