काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरुलाई चुनावमा बहुमतले जिताउने विश्वास व्यक्त गरेका छन ।
नागरिक समाज र स्वतन्त्र अगुवाले आज मंगलबार गरेको पैदल यात्रा कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताए। पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उनकी धर्मपत्नी राधिका शाक्यसहित दलका प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई नागरिकले फूल मालाले स्वागत गरेका थिए । पैदल यात्रामा नागरिक समाज, स्वतन्त्र युवा र समाजसेवीहरुको सहभागिता रहेको छ।
चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा अध्यक्ष ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गगरेका हुन। उनीहरुले ललितपुर क्षेत्र नम्बर–३ का प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुको सहभागितामा पैदल यात्रा गरेका हुन् । चुनावको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ने प्रचारप्रसार तीब्र पारेका छन्।
यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलो कार्यक्रमा ब्यस्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ कार्तिक २०७९, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह