काठमाडौं । कांग्रेसका नेता प्रकाशमान सिंहले विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै अब सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए ।
यस्तै, काठमाडौं १ का मतदाताले आफूलाई सरकारको नम्बर वान म्यान बनेको हेर्न चाहेको पनि बताएका छन् । काठमाडौं महानगर– २९ मा सोमबार विहान आयोजित घरदैलो कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । ‘यो क्षेत्रका जनताले मलाई सरकारको ‘नम्वर वान म्यान’ बनेको हेर्न चाहेको बताएका छन्,’ सिंहले भने ‘उहाँहरूको चाहना पूरा गर्न म प्रयासरत पनि छु ।’
आफूले काठमाडौं १ मा धेरै विकासका काम गरेको भन्दै उनले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने बताए । उनले विजयी भएपछि संकटमा रहेको देशको अर्थतन्त्र समाधान गर्ने र लगानी–मैत्री वातावरण बनाउने दायित्व पूरा गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ कार्तिक २०७९, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह