युनिलिभरका प्रवन्ध निर्देशक मुखर्जीले बुझे ७ करोड ५५ लाख तलबभत्ता

सफल खबर संवाददाता

सोमबार, २८ कार्तिक २०७९, ११ : ५९
युनिलिभरका प्रवन्ध निर्देशक मुखर्जीले बुझे ७ करोड ५५ लाख तलबभत्ता

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभरले प्रवन्ध निर्देशक अम्लान मुखर्जीलाई ७ करोड ७५ लाख रुपैयाँ तलब भत्ता दिएको छ । गत आर्थिक वर्ष २०७८र७९ मा प्रवन्ध निर्देशक मुखर्जीले ७ करोड ७५ लाख ७४ लाख रुपैयाँ तलब भत्ता बुझेको कम्पनीको वार्षिक वित्तीय विवरणमा उल्लेख छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीमा सबैभन्दा बढी सेयर मूल्य युनिलिभरको छ । नेप्सेमा सूचिकृत कम्पनीमा लाभांश सबैभन्दा बढी दिनेमा समेत युनिलिभर पर्छ । सूचिकृत कम्पनीमा प्रमुख कार्यकारीलाई सबैभन्दा बढी तलब दिनेमा युनिलिभर रहेको छ । 

युनिलिभरले गत आर्थिक वर्षको नाफाबाट प्रतिकित्ता १२१५ रुपैयाँ लाभांश दिने घोषणा गरेको छ । युनिभिलरमा एक कित्ता सेयर हुने सेयरधनीले १२१५ रुपैयाँ नगद लाभांश पाउने छन् । 

युनिलिभरको चुक्ता पुँजी ९ करोड २० रुपैयाँ रहेको छ । युनिलिभर नेपालको सेयर संरचना ८० प्रतिशत हिन्दुस्थान युनिलिभरको, ५ प्रतिशत रविभक्त श्रेष्ठ परिवारको कम्पनी श्रीबिक्रम ल्याण्ड एण्ड कम्पनीको र १५ प्रतिशत सेयर सर्वसाधारण सेयरधनीको छ । रविभक्तको परिवारले थप ५ प्रतिशत सेयर पब्लिकको पनि लिएको छ । 

प्रतिक्रिया दिनुहोस