सर्लाही । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले एमालेका कारण राष्ट्रियता खतरामा परेको भन्दै मंसिर ४ को चुनावमा पाँच दलीय सत्तागठबन्धलाई मतदान गर्न आह्वान गरेका छन्।
नेपाली कांग्रेस सप्तरीद्वारा पचगाछीमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता निधिले यस्तो आह्वान गरेका हुन्। एमाले नेतृत्वलाई प्रश्न गर्दै उनले भने, ‘कुनै मधेसीबाट राष्ट्रियता खतरामा छरु’
नागरिकताविहीन ७ लाख नेपालीलाई नागरिकता दिलाउन कांग्रेसले अघि बढाएको नागरिकतासम्बन्धी कानुन एमालेकै कारण अघि बढ्न नसकेको नेता निधिको भनाइ थियो।
संसदले पारित गराएर पठाएको नागरिकता विधेयक एमालेको उक्साहटमा राष्ट्रपतिले रोकेको भन्दै उनले ४ मंसिरको चुनावपछि राष्ट्रपति फेरेर भए पनि नागरिकता विधेयक स्वीकृत गराउने विश्वास दिलाए।
सर्लाही क्षेत्र नं ३ प्रदेश सभा ‘ख’ का उम्मेदवार हरेश महतोले सत्तागठबन्धनले जितेमात्र मधेसी जनताको अधिकार संरक्षण हुने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ कार्तिक २०७९, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यवस्थाको पक्षमा जनमत बनाउँदै ०८४ को चुनावको तयारी गर्नुपर्छ: विमलेन्द्र निधि
सरकारको काम सन्तोषजनक छैन : कांग्रेस नेता निधि
बीआरआईबारे प्रतिनिधि सभामा छलफल हुनुपर्छ : विमलेन्द्र निधि
प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ: विमलेन्द्र निधि
कांग्रेस-एमालेबीच समझदारी भएरमात्रै होईन, संविधान संशोधनको जरुरत छः विमलेन्द्र निधि
रविलाई विमलेन्द्र निधिको प्रश्न- क्लीन चिटको परिभाषा बदलिएको हो ?