सञ्चारमन्त्री कार्कीविरुद्ध निर्वाचन आचारसंहीता उल्लंघनको उजुरी

सफल खबर संवाददाता

आइतबार, २७ कार्तिक २०७९, २० : १६
सञ्चारमन्त्री कार्कीविरुद्ध निर्वाचन आचारसंहीता उल्लंघनको उजुरी

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबिरुद्ध निर्वाचन आचारसंहीता उल्लंघनको उजुरी परेको छ । गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका सञ्चारमन्त्री कार्कीबिरुद्ध मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ ।

जसपा नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका एमाले सुनसरी क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्की बिरुद्ध आचारसंहीता उल्लंघनको उजुरी दर्ता गराएका हुन् । सञ्चारमन्त्री कार्कीलाई प्रहरी प्रशानको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारी साधन प्रयोग गरिएको लगायतका आरोप लगाइएको छ ।

पोखरेलले मन्त्री कार्कीले जनप्रतिनिधिहरुलाई चुनावी प्रचारप्रसारमा समेटेको र सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय मातहतका कर्मचारीहरु समेतलाई चुनावी प्रचारप्रसारमा सामेल गराएकोले उजुरी दिनुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस