चितवन २ (ख) लाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना छ : उत्तम जोशी

सफल खबर संवाददाता

आइतबार, २७ कार्तिक २०७९, १६ : १३
चितवन २ (ख) लाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना छ : उत्तम जोशी

चितवन ।  चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उत्तम जोशीले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने बताएका छन् ।प्रदेश २ (ख) का बिभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना रहेको उनले बताए । उनले जखडीमाई, गणेशस्थानलगायतको क्षेत्रलाई समेटी धार्मिक साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने बताए । यस्तै जलदेवी सामुदायीक वन, राइनोताललगायतका व्यवस्थित गर्न सके आन्तरिकसँगै बाह्य पर्यटकको आवागमन बढ्ने उनको विश्वास छ ।

पर्यटक चितवन आउँदा क्षेत्र नम्बर २ घुम्नै पर्ने किसिमले पर्यापर्यटनको बिकास गर्ने योजना रहेको बताए । ुपर्यटकहरु चितवनको सौराहा, मेघौली, गोलाघाट घुम्न आउँदा चितवन २ मा पनि रोकिउन् भन्ने उद्धेश्यले यहाँको पर्यटन क्षेत्रको बिकास गर्ने अघि सारेको छुु, जोशीले भने ।

केरुङ्गा घोल, डबकहा घोल, पुङ्गीखोलालगायतलाई व्यवस्थित गर्ने उनको प्रतिवद्धता छ । यसले रोजगारी सृजनाका साथै स्थानीयको आम्दानीको स्रोत पनि बढ्ने उनको विश्वास छ । धार्मिकस्थल तथा साँस्कृतिक क्षेत्रको संरक्षण र बिकासलाई पनि जोड दिने उनले प्रतिवद्धता जनाए ।