गोरखा । नेपाल कम्युिनष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवँ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट मुलुकको कायापलट हुने बताएका छन । आज गोरखा जिल्ला सदरमुकामबाट ५२ कोष उत्तरमा रहेको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ स्थित छेकम्पारमा आयोजित चुनावी सभा कार्यक्रमलाइ सम्बोधन गर्नुहुँदै उनले भने, “ राजनैतिक क्रान्तिको उर्वर भूमी रहेको गोरखा जिल्ला आर्थिक परिवर्तनका लागि मुलुक कायापलट गर्ने जिल्ला हो, यहाँबाट उत्तर दक्षिण जोड्ने नाका छिटो भन्दा छिटो सञ्चालनमा ल्याइने छ” ।
निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाइ र प्रदेशसभा उम्मेदवार नन्द प्रसाद न्यौपानेलाइ मन्त्री बनाएर गोरखाको विकासमा सहयोग गर्ने बताए । कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यतिबेला सँविधान पक्षधर र सँविधानका विरोधीहरुको लडाइ रहेकोले आफ्ना उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे । प्रचण्ड आज चुनावी सभालाइ सम्बोधन गर्दै जिल्लाको छेकम्पार, सामागाउँ, सिर्दीवास, माछाखोला, बारपाक , सहिदलखनको दौडाहामा रहेका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ कार्तिक २०७९, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य
सरकारले संविधानमाथि छेडखानी गर्न खोजे प्रतिवादमा उत्रिन्छौँः प्रचण्ड
उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’