दाङ । दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो ।
क्षेत्र नं १ मा एक सय ५२, क्षेत्र नं २ मा एक सय ४६ र क्षेत्र नं ३ मा एक सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताए। त्यस्तै जिल्लामा एक सय ५३ मतदान स्थल छन् ।
जिल्लाका तीन निर्वाचन क्षेत्रमा मात्रै तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् भने पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सामग्रीसमेत जिल्लामा आइसकेको निर्वाचन अधिकारी भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ कार्तिक २०७९, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै
बैतडीमा पाँच मतदान केन्द्र थपिए
चितवनमा ३४ मतदान केन्द्र थपिए
तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र राख्ने तयारी