काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापदन केन्द्रका अनुसार राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो ।
भूकम्पको धक्का सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा महसुस भएको थियो ।यसअघि कात्तिक २३ गते डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट ६ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनाहरुमा क्षति पुगेको थियो । पछिल्लो समय सुदूरपश्चिममा पटक पटक भूकम्पको धक्का महसुश भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ कार्तिक २०७९, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी