चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो चुनावमा गोरखा गए पनि चितवनमा सुरु भएका विकास योजना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
सत्तारुढ गठबन्धनले शनिबार भरतपुरमा आयोजना गरेको आमसभामा बोल्दै उनले चुनाव लड्न गोरखा गए पनि आफ्नो घर चितवन नै भएको स्मरण गराए ।‘म चितवनबाट निर्वाचन लड्न गोरखा गए पनि मेरो घर चितवन नै हो, यहाँको विकास निर्माणमा मेरो सहयोग चासो चिन्ता जारी रहन्छ’ उनले भने, ‘जे पूर्वाधार सुरु भएका छन् । त्यसलाई पूरा गर्न म हमेसा लागिरहन्छु ।’
उनले गोरखा जानुको अर्थ चितवन छोडेको रुपमा नबुझ्न पनि आग्रह गरे । ‘चितवनसँगको सम्बन्ध रहिरहनेछ, हिजो पनि थियो, भोलि पनि रहनेछ’ प्रचण्डले भने । उनले सत्तारुढ गठबन्धनमा रहेका दलका कार्यकर्तालाई कसैको बहकाउ र भ्रममा नपर्न पनि आग्रह गरे ।
प्रचण्डले चितवन–३ मा राम्रो उत्तराधिकारी पाएकामा आफू खुशी रहेको पनि बताए । त्यस क्षेत्रबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् । ‘उहाँ सामाजिक सेवामा पहिचान बनाइसकेको, कसैको आँखामा हालेपनि नबिझाउने खालको । निकै नजिकबाट दुख कष्ट देखेर आएको मान्छे हुनुहुन्छ, मलाई बडो आत्मसन्तुष्टि भएको छ’ प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ कार्तिक २०७९, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड र शेखर डा. कोइरालाबीच खुमलटारमा भेटवार्ता
सरकार देशलाई असफल बनाउनेतर्फ अग्रसर छ: प्रचण्ड
मन्त्रीले घुस डिल गरेको अडियो बाहिरिँदा प्रधानमन्त्रीले एक्सन नलिनु लाजमर्दो : प्रचण्ड
कांग्रेस पनि ओलीको स्वर्ग र नर्कको चक्करमा पर्यो : प्रचण्ड
सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको ‘प्रचण्ड’को आरोप
अप्राकृतिक गठबन्धनको चरित्र लोक लजाउने गरी उजागर भयो : प्रचण्ड