काठमाडौं । निर्वाचन आयोगले सखुवानान्कारकट्टी गाउँपालिका सिराहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा र सुखीपुर नगरपालिकाका नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वर प्रसाद यादवलाई मतदाता शिक्षाा कार्यक्रम सञ्चालन नभएकोमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
नेपालको संविधानको धारा २४७ मा “यस संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ” भन्ने व्यवस्था छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ र ८ मा आयोगले निर्वाचनको कामको लागि स्थानीय सरकारको सहयोग लिन सक्ने र सो उपलब्ध गराउनु स्थानीय तहको कर्तव्य हुने भनी उल्लेख भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० को उपदफा (१) मा “आयोगले निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा कुनै निकाय वा पदाधिकारीलाई आवश्यक निर्देशन दिन सक्नेछ” भन्ने व्यवस्था छ ।
उपराेक्त व्यवस्था बमोजिम मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको भए उक्त कार्यक्रम यथाशिघ्र सञ्चालन गरी पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा जानकारी गराउन निर्देशन दिएकाे हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ कार्तिक २०७९, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली संकलन उत्साहजनक : निर्वाचन आयोग
मतदाता नामावली दर्ताको प्रचार गरिदिन दलहरूलाई निर्वाचन आयोगको आग्रह
प्रतिनिधिसभा चुनावमा स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पुग्दो छ: निर्वाचन आयोग
निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान
दर्ता भएका १२४ दलको सूची सार्वजनिक
दलको संख्या १२४, थप १७ पार्टी दर्ता प्रक्रियामा