विश्वकप खेल्ने अर्जेन्टिनाको टोली घोषणा, को–को समेटिए ?

एजेन्सी

शनिबार, २६ कार्तिक २०७९, ०७ : ३३
विश्वकप खेल्ने अर्जेन्टिनाको टोली घोषणा, को–को समेटिए ?

एजेन्सी । कतारमा आयोजना भएको विश्वकप खेल्नका लागि अर्जेन्टिनाको टोली घोषणा भएको छ । स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टीम घोषणा गरिएको हो । 

 समूह सी मा अर्जेन्टिना सहित साउदी अरब, मेक्सिको र पोल्यान्ड छन् । अर्जेन्टिनाले पहिलो खेल २२ नोभेम्बरमा साउदी अरबसँग खेल्नेछ । 

अर्जेन्टिना टोलीमा को–को ?

टीममा मेसीसहित एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, फ्रान्को अर्मानी, नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको, जान फोयथ समेटिएका छन् । 

यस्तै  रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रीग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज, एजेक्वेल पालासिओस,  लिओनेल मेस्सी, एन्जल डी मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, पाउलो डिबाला,  निकोलस गोन्जालेज र जोआक्विन कोरिया समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस