काठमाडौँ । नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश सेवा प्रभावकारी बनेको छ। यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ। यस अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्ने टेलिकमले जनाएको छ।
यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ। जसमा २ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत करबाहेक एक हजार रुपैयाँमा दुई दिन भित्रमा २ हजार सन्देश पठाउन सकिन्छ। ५ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत करबाहेक दुई हजार पाँच सय रुपैयाँमा ५ दिनभित्रमा ५ हजार सन्देश पठाउन सकिन्छ।
यसका साथै १० हजार वटा सन्देश पठाउन सकिने प्याक अन्तर्गतकरबाहेक पाँच हजार रुपैयाँमा १० दिन भित्रमा जम्मा १० हजार वटा सन्देश पठाउन सकिन्छ। यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनुपर्नेछ। यस्तै यो अफरमा कम्पनीको नेटवर्क भित्र मात्र सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ। यो सेवा प्रयोग गर्नका लागि httpsM//groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ कार्तिक २०७९, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या