काठमाडौं । नेपाली कांग्रेसले बारा ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार इच्छाबहादुर वाग्लेमाथि कारबाही गर्ने भएको छ । कांग्रेसको केन्द्रीय अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले वाग्लेको क्रियाशील सदस्यता पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।
आगामी ४ मंसिरमा हुने निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने उम्मेदवार, प्रस्तावक र समर्थकमाथि कारबाही गर्ने निर्णयअनुसार शुक्रबार कांग्रेसले वाग्लेको क्रियाशील सदस्यता पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच (पाँच) वर्षका लागि क्रियाशील सदस्यता हटाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ कार्तिक २०७९, १८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक