काठमाडौं । नेपाली कांग्रेसले बारा ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार इच्छाबहादुर वाग्लेमाथि कारबाही गर्ने भएको छ । कांग्रेसको केन्द्रीय अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले वाग्लेको क्रियाशील सदस्यता पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।
आगामी ४ मंसिरमा हुने निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने उम्मेदवार, प्रस्तावक र समर्थकमाथि कारबाही गर्ने निर्णयअनुसार शुक्रबार कांग्रेसले वाग्लेको क्रियाशील सदस्यता पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच (पाँच) वर्षका लागि क्रियाशील सदस्यता हटाइएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ कार्तिक २०७९, १८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु