भोजराज र ठाकुरलाई हनुमानझुलामा भब्य स्वागत, भन्छन 'हामीले जिताइसक्यौ'

सफल खबर संवाददाता

शुक्रबार, २५ कार्तिक २०७९, ११ : २३
भोजराज र ठाकुरलाई हनुमानझुलामा भब्य स्वागत, भन्छन 'हामीले जिताइसक्यौ'

चितवन । लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवारहरूलाई बादरझुला (हनुमानझुला) बासीले भव्य स्वागत गरेका छन् । प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर ३ का साझा उम्मेदवार डा. भोजराज अधिकारी र प्रदेशसभा ३ (२) का उम्मेदवार ठाकुर प्रसाद ढकालसहित गठबन्धनलाई स्थानीयले भव्य स्वागत गरेका हुन् । विहानदेखि पर्खिरहेका स्थानीयले फुल, माला, अविरसहित विजयको संकेत दिएका छन् ।

"हामीले जिताईसक्यौं", मेखलाल गुरूङले भने, यहाँको कत्ति पनि चिन्ता लिन पर्दैन "ढुक्क हुनुस्" । बादरझुलाको स्थायित्वका लागि डा. भोजराजले योजना बनाउने उनको विश्वास छ ।  यस्तै स्थानीय विना थापाले अहिलेको सरकारकै पहलमा जग्गाको निस्सा दिएकाले आफुहरूको पुर्ण सहयोग हुने बताईन् । विज्ञ योग्य व्यक्ति नै उम्मेदवार भएकोले उनी उत्साहित छिन् । मदन स्याङ्गताङ्गले भनेस् 'ठाकुर सरले पुर्जाको कागज दिन सहयोग गर्नुभयो, हामीले त उहाँहरूलाई नै जिताउने हो'।

बादरझुलाबासीको स्वागतबाट थप उर्जा मिलेको उम्मेदवार डा.भोजराज अधिकारीले बताएका छन् । यहाँको विश्वासलाई उर्जामा बदल्ने उनले बताए । जनतासँग अस्पतालको आफ्नो योजना उल्लेख गर्दै उनले स्वास्थसँगै यहाँको शिक्षालाई पनि प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरी ३९२० प्रदेशसभाका उम्मेदवार ठाकुर ढकालले बादरझुलाको सपना आफुले पुरा गर्ने बताए । चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको आवश्यकता  र चाहाना आफुले  नजिकबाट बुझेको बताए । बादरझुला (हनुमानझुला) का विभिन्न ४ स्थानमा लोकतान्त्रिक(बाम गठबन्धनको चुनावी कोणसभा भएको थियोे ।

प्रतिक्रिया दिनुहोस