काठमाडौँ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को उम्मेदवारी रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गरेको छ।
प्रचण्डको उम्मेदवारी रोकिनुपर्ने र उनीविरुद्ध गम्भीर माधवअधिकार हननसहित फौजदारी कसुरमा अनुसन्धान हुनुपर्ने मागसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट पेस गरेका थिए।
रिट परेपछि सर्वोच्च अदालत प्रशासनले यसलाई अध्ययनमा राखेको थियो। अदालतले प्रस्तुत विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताउँदै प्रचण्डको उम्मेदवारी रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गरेको हो।
‘प्रस्तुत विषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट संक्रमणकालीन न्याय पद्धतिअनुसार निरुपण हुने नै हुँदा यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत प्रस्तुत निवेदन लिइ आएको देखिँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दर्ता गर्न मिलेन’, दरपीठ आदेशमा भनिएको छ।
प्रचण्डविरुद्धको विषय द्वन्द्वकालीन घटनासँग सम्बन्धित भएकाले नियमित अदालतभन्दा संक्रमणकालीन न्याय संयन्त्रले सम्बोधन गर्ने सर्वोच्चको दरपिठ आदेशमा भनिएको छ। प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ कार्तिक २०७९, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'