रवि लामिछाने र कृष्णभक्तहरु भन्दा उमेश श्रेष्ठ किन सर्वश्रेष्ठ ?

सफल खबर संवाददाता

विहीबार, २४ कार्तिक २०७९, १८ : २८
रवि लामिछाने र कृष्णभक्तहरु भन्दा उमेश श्रेष्ठ किन सर्वश्रेष्ठ ?

चितवन । ‘खोली–खेत जोगाउने तटबन्धनले हो, संविधान जोगाउने गठबन्धनले हो, लोकतन्त्र जोगाउने गठबन्धनले हो ’ पाँचदलीय गठबन्धनको यो चुनावी गीत धेरैले सुन्नुभएकै होला ¤ यदि सुन्नुभएको छैन भने सुनिहाल्नुस् । देशको अवस्था र आवश्यकता बोध गराउँछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा भोट हाल्ने दिन आउनै लागिसक्यो । गठबन्धनका उम्मेदवारलाई नै किन भोट हाल्ने त ? गत सरकारको प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष केपी ओलीले देखाएको अक्षम्य तानाशाही र प्रतिगामी कदमविरुद्ध संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि नेकपा केन्द्र माओवादी, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा मिलेर पाँचदलीय लोकतान्त्रिक–वाम गठबन्धन बनेको हो । 

चितवनको क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन् नेपाली कांग्रेसका उमेश श्रेष्ठ । यसअघि समानुपातिक तर्फबाट दुईपटक सांसद भइसकेका र स्वास्थ्य राज्यमन्त्री समेत रहेका श्रेष्ठलाई उनको राजनीतिक र सामाजिक योगदान अनि विज्ञताको मूल्यांकन गर्दै अहिले सिंगो गठबन्धनले प्रत्यक्षतर्फकै उम्मेदवार बनाएको हो । चितवन–२ अन्तर्गत श्रेष्ठको घर भरतपुरको वडा नं. ५ मा पर्छ । उनी एक सफल उद्यमी पनि हुन। शिक्षा, स्वास्थ्य, हाइड्रो र पछिल्लो समय कृषिमा पनि उहाँको महत्वपूर्ण लगानी र योगदान रहेको बुझिन्छ । भरतपुरको स्मल हेभन बोर्डि· र काठमाडौंको लिटिल एन्जल्स उनिहरुले नै चलाएको प्रतिष्ठित स्कूल हुन् । संविधानसभाको चुनावमा समानुपातिकबाट सांसद चुनिएर शिक्षाविद्को रुपमा संविधान बनाउन उनले अहम् भूमिका खेलेका थिए । 

जनताको सेवालाई महत्वपूर्ण अवसर ठान्नुहुने उनी परिपक्व, अनुभवी र सरल व्यक्तित्व हुन । अहिलेसम्म अविवाहित हुनुले पनि उनको सादगी र त्यागी जीवनबारे बुझ्न सकिन्छ । आफ्नै बुद्धि, विवेक र अथक मेहनतले यथेष्ट कमाइ सकेका छन, सम्पत्तिको मोह छैन उनमा । यस क्षेत्रका एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले काठमाडौंमा घर हुँदाहुँदै राज्यकोषबाट सांसदको घरभाडा लिएको भनी आलोचना भएकै कुरा हो । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि बनाएको भिडियोमा रवि लामिछानेले मिडियाको शक्तिको चरम दुरुपयोग गर्दै ठूलाठूला ठेकेदार र धनाढ्यहरुसँग भित्रभित्रै बार्गेनिङ गरेर रकम असुल्ने गरेको कुरा पनि बाहिरिएकै हो । यस्ताबाट भ्रष्टाचार र कमिसनतन्त्रभन्दा अरु के अपेक्षा गर्न सकिएला ?

उमेश श्रेष्ठ त यस्तो सांसद हुन, जसले तलब–भत्ता, गाडी, इन्धन, आवास केही पनि सुविधा राज्यबाट लिएनन्। उनी भन्छन, ‘म राज्यलाई दिन आएको हुँ, लिन होइन ।’ चितवन क्षेत्र नं। २ का प्रायः सबैजसो मतदाताहरु अहिले उमेशलाई नै जिताउने पक्षमा छन् । श्रेष्ठले कोभिड महामारीका बेला चितवनमा सहजताका साथ कोरोना भ्याक्सिन ल्याइदिएको गुन पनि कहाँ बिर्सन सकिन्छ र ?

उद्यमीलाई कहाँ दुख्छ, कहाँ घाउ छ भन्ने उहाँलाई राम्ररी थाहा छ । अहिले नेपाल सरकारको आर्थिक तथा मौद्रिक नीति र बैंकहरुले वृद्धि गरेको चर्को ब्याजदरले आत्थुआत्थु भइरहेका सम्पूर्ण उद्योगी, व्यवसायीहरुको भरोसाको केन्द्र भनेको उमेश श्रेष्ठ नै हुन । उद्योगी, व्यवसायीको घाउमा मलमपट्टी लगाउनसक्ने सामथ्र्य उनमा छ । महिला उद्यमशीलताको लागि पनि उनको महत्वपूर्ण भिजन छ । 

शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालन गर्ने उनको प्रतिबद्धता छ । अहिलेको चरम बेरोजगारीको अवस्थामा चितवन–२ मा १० हजारभन्दा धेरैलाई रोजगारी दिने घोषणा उनले गरिसकेका छन । इच्छाकामनामा ट्रमा सेन्टर सञ्चालन गर्ने बताए । शिक्षा, स्वास्थ्य र पर्यटनमा बहार ल्याउने उनको उद्घोष छ । समृद्ध चितवन गठबन्धनका नेता तथा उम्मेदवारहरुको अभियान नै हो । सही छनौटले नै उपयुक्त गन्तव्य निर्धारण गर्ने हुँदा चितवन क्षेत्र नं.२ को प्रतिनिधिसभा निर्वाचनमा निर्धक्क भएर सबैले रुख चिन्हमा मतदान गरौं ।

प्रतिक्रिया दिनुहोस