चीनले दिएको शून्य भन्सार नीतिको सदुपयोग गरौँ : उपराष्ट्रपति पुन

सफल खबर संवाददाता

विहीबार, २४ कार्तिक २०७९, १६ : २५
चीनले दिएको शून्य भन्सार नीतिको सदुपयोग गरौँ : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचको सम्बन्ध आर्थिक कूटनीतिका माध्यमबाट अझै विस्तार र प्रगाढ बन्ने विश्वास गरेका छन् । आज यहाँ आयोजित नेपाल चीन उद्योग वाणिज्य सङ्घको २३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रको भूमिका अझै प्रभावकारी बन्ने बताए ।

पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल–चीन द्विपक्षीय सम्बन्ध विविध क्षेत्रमा विस्तार हुँदै आएको जनाउँदै उनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिएको बताए । सोही आधारमा पछिल्ला केही वर्षयता दुई देशबीच महत्वपूर्ण सम्झौता सम्पन्न भएको उनको भनाइ छ ।

उपराष्ट्रपति पुनले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएको नेपालको व्यापार अवस्था भने सन्तोषजनक नरहेको उल्लेख गर्दै उनले प्रत्येक नेपालीको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि नेपाली अर्थतन्त्रमा व्यापक सुधार गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस