टी–२० विश्वकप : इंग्ल्याण्डको द्रुत सुरुवात

सफल खबर संवाददाता

विहीबार, २४ कार्तिक २०७९, १६ : ०७
टी–२० विश्वकप : इंग्ल्याण्डको द्रुत सुरुवात

एजेन्सी । टी–२० विश्वकपको दोस्रो सेमिफाइनल भारत र इंग्ल्याण्डबीचको खेल एडिलेड मैदानमा जारी छ । इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गरेको थियो । भारतले १६९ रनको लक्ष्य दिएको छ।

शीर्ष क्रमका ब्याट्सम्यानमा विराट कोहलीले मात्रै प्रदर्शन गरे । उनले ५० रन बनाए । हार्दिकसँग ६१ रनको साझेदारी भयो। हार्दिकले पनि उत्कृष्ट अर्धशतक प्रहार गरे ।लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ ओभरमा बिना विकेट गुमाएर ६३ रन बनाएको छ। जोस बटलर र एलेक्स हेल्स क्रिजमा छन् ।

प्रतिक्रिया दिनुहोस