विराटनगर । नेपाली कांग्रेसले मोरङ-३ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘१’ मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई उम्मेदवार बनाएको हो ।
निर्वाचन आयोगका अनुसार आज उम्मेदवारको मनोनय दर्ता गराएका उम्मेदवारविरुद्ध दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन हुनेछ ।क्षेत्र नम्बर ३ को प्रदेशसभा १ का उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक