काठमाडौं । नेपाली कांग्रेसले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेतासहित पाँच जनालाई कारबाही गरेको छ । उदयपुर निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति रामकुमार राई, उनका प्रस्तावक लीलाराज दनुवार र समर्थक मीनकुमार दाहाललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो ।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार उदयपुरकै क्षेत्रीय प्रतिनिधि जयप्रसाद सुवेदी र निजका प्रस्तावक प्रदेश अधिवेशन प्रतिनिधि भरत कार्कीलाई पनि कारबाही गरिएको छ । कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि पाँचै जनालाई सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको ढुङ्गानाले बताए।
पार्टीको नीतिविपरीत बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाको नामावलीसमेत अभिलेखबाट हटाइने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ कार्तिक २०७९, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै