प्रदेश १ मा भोलि सार्वजनिक विदा

सफल खबर संवाददाता

बुधबार, २३ कार्तिक २०७९, २० : ०४
प्रदेश १ मा भोलि सार्वजनिक विदा

विराटनगर । प्रदेश १ सरकारले भोलि सार्वजनिक विदा दिएको छ। वन, वातावरण तथा भू-संरक्षण मन्त्री एवं मोरङ क्षेत्र नम्बर ३ ‘क’ बाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधनको शोकमा बिहीबार प्रदेशभरि सार्वजनिक विदा दिएको हो।

शोकमा प्रदेश सरकारका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा विदा दिइएको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव अर्जुन निरौलाका अनुसार थापाको निधनको शोकमा १ दिनका लागि सार्वजनिक विदा दिने र राष्ट्रिय झण्डा झुकाउने निर्णय प्रदेश सरकारले गरेको हो। उनले प्रदेशभरिका सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरु बन्द हुने बताए।

प्रतिक्रिया दिनुहोस