बेलायती नयाँ सरकारका मन्त्रीले धम्क्याएको आरोप लागेपछि दिए राजीनामा

एजेन्सी

बुधबार, २३ कार्तिक २०७९, १० : २९
बेलायती नयाँ सरकारका मन्त्रीले धम्क्याएको आरोप लागेपछि दिए राजीनामा

एजेन्सी । बेलायतका एक मन्त्रीले धम्क्याएको आरोप लागेपछि राजीनामा दिएका छन्। सर ग्याविन विलियम्सनले आरोप लागेपछि राजीनामा दिएका हुन्। तर, आफूले केही गलत काम नगरेको दाबी उनको छ।

दुर्व्यवहारयुक्त सन्देश कन्जरभेटिभ पार्टीका सांसदलाई पठाएको तथा उच्च सरकारी कर्मचारीलाई धम्की दिएको आरोप उनीमाथि छ। आफ्नो व्यवहारलाई गलत रूपमा व्याख्या गरिएको भन्दै सर ग्याविनले खण्डन गरेका छन्।

आफूमाथि लागेका आरोपले सरकारले गरिरहेका राम्रा काम ओझेलमा पर्ने देखिएकाले राजीनामा दिएको उनले बताएको बेलायती सञ्चारमाध्यमले जनाएका छन्।

राजीनामा पत्रमा उनले दुःखका साथ सरकार छाडेको तर प्रधानमन्त्री ऋषि सुनकलाई आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरेका छन्। सुनक हालैमात्र बेलायती प्रधानमन्त्री बनेका हुन्।

प्रतिक्रिया दिनुहोस