चितवन । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने भएकाले यसमा साना वा ठूला दल भन्ने प्रश्न नआउने बताएका छन् ।
निर्वाचन आयोग र नेपाल कानून समाजले मंगलबार आयोजना गरेको ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा उनले राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले पूर्णरूपमा कार्यान्वयन गर्नेमा आयोग विश्वस्त रहेको बताए ।
आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले भने–‘आचारसंहिता निर्वाचनको कार्यक्रममा सहभागिता जनाउने जो सुकैलाई पनि लागू हुन्छ ।’ दलका प्रतिनिधिको सहमतिले आचारसंहिता बनेको बताउँदै उनले यो कार्यान्वयन गर्नु दल र उम्मेदवारहरूको कर्तव्य हुने बताए । आचारसंहिता कार्यान्वयनका लागि सरोकारवाला निकायसँगै कर्मचारीहरू पनि चनाखो हुनु पर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ कार्तिक २०७९, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम मन्त्रालयका कर्मचारीलाई लागू भयो नयाँ आचारसंहिता
आचारसंहिता उल्लङ्घनका २० हजार प्रचार सामग्री हटाइए
आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय
प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू
निर्वाचन ६० दिन बाँकीः आचारसंहिता चुनावमा बालबालिका प्रयोग गर्न पाइँदैन