चितवन । रवि लामिछानेको चुनाव प्रचारप्रसार आचारसंहिता विपरित भएको पाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह अंकिट टोपी फेला परेको हो ।टोपी फेला परेपछि मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सचेत गराएका छन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार उमेद्वार वा दलको चुनाव चिन्ह अंकित टोपी, टिसर्ट, भेस्ट, लोगो, व्याचलगायतका सामग्री वितरण वा प्रयोग गर्न पाइँदैन । आचारसंहिताविपरीत दलको चुनाव चिन्ह अंकित टोपी प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत थापाले लामिछानेलाई पत्राचार गरी सचेत गराएका थिए ।
एकपटक सचेत गराएपछि पुनः कतै यस्ता गतिविधि भएको पाइए कारबाही गरिने थापाको भनाइ छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएपछि रवि लामिछानेले सार्वजनिकरुपमा अपिल गर्दै निर्वाचन आचारसंहितालाई ध्यान दिन आग्रह गरेका छन् । आफूलाई केही थाहै नभए जसरी उनले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता र निर्वाचन आयोगले तोकेको सबै नियमको पालना गर्न आफ्ना कार्यकर्ता एवम् शुभेच्छुकलाई आग्रह गरेका हुन् । लामिछानेसँगै नेकपा एमालेका कृष्णभक्त पोखरेल र गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ कार्तिक २०७९, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल