चितवन । रवि लामिछानेको चुनाव प्रचारप्रसार आचारसंहिता विपरित भएको पाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह अंकिट टोपी फेला परेको हो ।टोपी फेला परेपछि मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सचेत गराएका छन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार उमेद्वार वा दलको चुनाव चिन्ह अंकित टोपी, टिसर्ट, भेस्ट, लोगो, व्याचलगायतका सामग्री वितरण वा प्रयोग गर्न पाइँदैन । आचारसंहिताविपरीत दलको चुनाव चिन्ह अंकित टोपी प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत थापाले लामिछानेलाई पत्राचार गरी सचेत गराएका थिए ।
एकपटक सचेत गराएपछि पुनः कतै यस्ता गतिविधि भएको पाइए कारबाही गरिने थापाको भनाइ छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएपछि रवि लामिछानेले सार्वजनिकरुपमा अपिल गर्दै निर्वाचन आचारसंहितालाई ध्यान दिन आग्रह गरेका छन् । आफूलाई केही थाहै नभए जसरी उनले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता र निर्वाचन आयोगले तोकेको सबै नियमको पालना गर्न आफ्ना कार्यकर्ता एवम् शुभेच्छुकलाई आग्रह गरेका हुन् । लामिछानेसँगै नेकपा एमालेका कृष्णभक्त पोखरेल र गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ कार्तिक २०७९, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने