ट्यूनिसियालाई ५–२ को गोल अन्तरले हराएपछि बेल्जियम अन्तिम १६ को नजीक

आइतबार, १० असार २०७५, १२ : ४९
ट्यूनिसियालाई ५–२ को गोल अन्तरले हराएपछि बेल्जियम अन्तिम १६ को नजीक

रूस । विश्वकप फुटबलको शनिबार भएको पहिलो खेलमा ट्यूनिसियाविरूद्ध ५–२ को फराकिले अन्तरले जितेको छ । यससँगै बेल्जियम विश्वकपको अन्तिम १६ समूहभित्र पर्ने सम्भावना प्रवल भएको छ । अन्तिम १६ मा पर्न उक्त समूहको अझै एक खेललाई पर्खिनुपर्ने हुन्छ ।

शनिबारको खेलमा बेल्जियमका लागि इडेन हाजार्ड र रोमेलु लुकाकुले दुई दुई गोल र मिची बाट्सुयायीले एक गोलको योगदान गरेका छन् ।
ट्यूनिसियालाई बेल्जियमको शानदार प्रस्तुतिबीच पनि डाइलन ब्रोन र वाहवी खाज्रीले एक एक गोल गर्नुभएको छ ।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस