काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मंगलबार एकै दिन कर्णाली प्रदेशका तीन जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
प्रचण्डले आज हुम्ला, जुम्ला र कालीकोटमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए । आज सत्ता गठबन्धनमा आबद्ध दलहरूले कालीकोट, हुम्ला र जुम्लामा चुनावी सभा आयोजना गरेका छन् । उक्त सभालाई सम्बोधन गर्न प्रचण्ड सुर्खेत हुँदै त्यसतर्फ जाने भएका हुन् । कार्यक्रमलाई प्रचण्डसँगै अन्य नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
पाँच दलीय आफूहरूको पक्षमा मुलुकभर चुनावी माहौल बनीरहेको अवस्थामा उत्साही बनेका गठबन्धनमा आबद्ध कार्णालीका नेता कार्यकर्ता प्रचण्डले सम्बोधन गर्ने भएपछि थप उत्साही बनेका छन् । प्रचण्डको यो सक्रियताले कर्णालीमा गठबन्धन अझ मजबुत बनेको उनीहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ कार्तिक २०७९, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य
सरकारले संविधानमाथि छेडखानी गर्न खोजे प्रतिवादमा उत्रिन्छौँः प्रचण्ड
उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’