काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मंगलबार एकै दिन कर्णाली प्रदेशका तीन जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
प्रचण्डले आज हुम्ला, जुम्ला र कालीकोटमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए । आज सत्ता गठबन्धनमा आबद्ध दलहरूले कालीकोट, हुम्ला र जुम्लामा चुनावी सभा आयोजना गरेका छन् । उक्त सभालाई सम्बोधन गर्न प्रचण्ड सुर्खेत हुँदै त्यसतर्फ जाने भएका हुन् । कार्यक्रमलाई प्रचण्डसँगै अन्य नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
पाँच दलीय आफूहरूको पक्षमा मुलुकभर चुनावी माहौल बनीरहेको अवस्थामा उत्साही बनेका गठबन्धनमा आबद्ध कार्णालीका नेता कार्यकर्ता प्रचण्डले सम्बोधन गर्ने भएपछि थप उत्साही बनेका छन् । प्रचण्डको यो सक्रियताले कर्णालीमा गठबन्धन अझ मजबुत बनेको उनीहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ कार्तिक २०७९, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल
प्रचण्डलाई उम्मेदवार बन्न सात ठाँउबाट अफर, कहाँबाट लड्लान् चुनाव ?