एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा नेट अभ्यासका क्रममा घाइते भएका छन् । एडिलेडमा ब्याटिङ नेट अभ्यासका क्रममा उनी घाइते भएका हुन्।
मिडिया रिपोर्टका अनुसार उनको दाहिने हातमा चोट लागेको छ । यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनी अभ्यास रोकेर मैदानको छेउमा बसेको देखिन्छ र तुरुन्तै एक मेडिकल स्टाफ आउँछन् जसले उनको हात हेर्छन्।
चोटपछि रोहित शर्माले ५० मिनेटको ब्रेक लिए र त्यसपछि १० मिनेट अभ्यास गरेका थिए । यद्यपी यो चोट कति गहिरो छ भन्ने बारेमा भने केही खुलाइएको छैन ।
टिम इन्डियाले आइतवार जिम्बावेलाई हराउँदै टी–२० विश्वकप २०२२ को सेमिफाइनलमा आधिकारिक प्रवेश गरेको छ । अब भारतले नोभेम्बर १० मा इंग्ल्याण्डसँग सेमिफाइनल खेल्ने तयारी गरिरहेको छ ।
यस प्रतियोगितामा भारत र इंग्ल्यान्ड दुवैले राम्रो प्रदर्शन गरिरहेका छन्, त्यसैले आगामी खेललाई निकै रोमाञ्चक मानिएको छ । न्युजिल्यान्ड, इंग्ल्याण्ड, भारत र पाकिस्तानले टी(२० विश्वकप २०२२ को सुपर १२ चरणमा केही निकै कठिन खेलपछि सेमिफाइनल खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २२ कार्तिक २०७९, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेलको प्रतिक्रिया : 'हारबाट निराश छु, टिमप्रति गर्व छ'
विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै