चुनावपछि राप्रपाको बलियो उपस्थिति हुनेछ : पशुपति शमशेर जबरा

सफल खबर संवाददाता

सोमबार, २१ कार्तिक २०७९, १६ : २३
चुनावपछि राप्रपाको बलियो उपस्थिति हुनेछ : पशुपति शमशेर जबरा

परासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले चुनावपछि राप्रपाको बलियो उपस्थिति हुने दाबी गरेका छन । जथाभावी गर्ने ठूला दललाई चुनावपछि संसदमा पुगेर खबरदारी गर्नेसमेत उनको भनाइ छ ।

नवलपरासी पार्टी कार्यालयले सोमबार परासीमा गरेको अगुवा कार्यकर्ता भेलामा उनले राजनीतिक दलहरूले मनपरी गरेकाले यस पटक राप्रपा संसदमा पुगेर खबरदारी गर्ने बताएका हुन ।

मुलुक भरको जनलहरले यो पटक राप्रपा संसदमा जाने उनको दाबी थियो । जनताले मतमार्फत आफूहरूलाई देश चलाउन दिनेमा ढुक्क रहेको उनको विश्वास थियो ।

प्रतिक्रिया दिनुहोस