चितवन । चितवन क्षेत्र नम्बर २ का एक स्वतन्त्र उम्मेदवारले लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवार उमेश श्रेष्ठलाई समर्थन गरेका छन्। सोमबार कालिका नगरपालिकामा भएको चुनावी कोणसभामा स्वतन्त्र उम्मेदवार सुन्दर डल्लाकोटीले श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै डल्लाकोटीले रवि लामिछानेले पैसा खाएर चितवन क्षेत्र नम्बर ३ छाडेर क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएको आरोप लगाउँदै आफूले उमेश श्रेष्ठलाई समर्थन गरेको बताए ।
‘पहिला म क्षेत्र नम्बर २ मा लड्ने र रवि क्षेत्र नम्बर ३ मा लड्न सहमति भएको थियो तर उनले पैसा खाएर धोका दिएपछि मैले उनको साथ छोडेँ’, डल्लाकोटीले भने । आफू प्रतिगमन र मण्डलेको सधैँ विरोधमा रहेकोले कुनै पनि हालतमा त्यस्ता छद्मभेषी उम्मेदवारलाई छाडेको उनको भनाइ थियो ।
‘म यही क्षेत्रमा बुझेको र हिँडेको व्यक्ति यस्ता धोकेबाज र मण्डलेलाई समर्थन गरेर चितवनका जनतालाई थप पछाडि धकेल्न हुन्न भनेर उमेश श्रेष्ठलाई समर्थन गरेको हुंँ’, उनले भने । क्षेत्र नम्बर २ मा श्रेष्ठजस्तो स्वच्छ, विकासप्रेमी उम्मेदवार कोही नरहेको भन्दै आफ्ना पार्टीका साथीहरुकै सल्लाहामा समर्थन गरेको उनले बताए ।
‘उहांँले यसअघि पनि पटकपटक संसद र मन्त्रालयमा काम गरेर देखाइरहनुभएको छ । आफ्नो सम्पूर्ण सम्पत्तिको आधा ट्रष्टलाई दिने घोषणा गरिसक्नु भएको छ । हामी जस्तो युवाले उहांँलाई सपोर्ट नगरे कसले गर्छ रु’ उनले भने ।
जिल्लाका नेता तथा उम्मेदवार डल्लाकोटीले गरेको समर्थन र साथको स्वागत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल वडास्तरीय सभापति लगायत पांँचदलीय गठबन्धनका नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ कार्तिक २०७९, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको दाबी : ‘गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चलाउँछौँ’
घेराबन्दी र दबाबका बीच पनि नझुकेको रवि लामिछानेको दाबी
फागुन २१ को चुनाव देशले जित्ने चुनाव हो : रवि लामिछाने
रुपन्देहीमा रवि लामिछाने, आज कहाँ–कहाँ गर्दैछन् चुनावी कार्यक्रम ?
एकल बहुमत दिन चितवनबाट रविको आह्वान
चुनावको मुखमै रास्वपा सभापति रवि लामिछाने भारत जाँदै