युवा संघ गलकोटका अध्यक्षसहित १६ जना माओवादी केन्द्रमा प्रवेश

सफल खबर संवाददाता

आइतबार, २० कार्तिक २०७९, २१ : ५७
युवा संघ गलकोटका अध्यक्षसहित १६ जना माओवादी केन्द्रमा प्रवेश

गलकोट । युवा संघ गलकोट नगरपालिकाका अध्यक्ष बलबहादुर विकसहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। योङ कम्युनिष्ट लिग नेपाल (बाइसीयल) गलकोटले आइतबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा विकसहित १६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले स्वागत गरेका थिए।

प्रवेश गर्नेमा युवा संघ गलकोट नगरपालिका अध्यक्ष बलबहादुर विक, युवा संघ नगरसदस्य निकी थापा, नगर सदस्य सोनु थापा, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन गलकोट बहुमुखी क्याम्पस अध्यक्ष गगन विक, गोपाल विक, फमलाल विक, मोहन खत्री, विपिन नेपाली, दीपक नेपाली, मनोज परियार, ऋषि परियार, नवराज विक, विपिन नेपाली, अमृत बुढाथोकी र प्रदीप दर्लामी रहेको वाइसीएल केन्द्रीय सदस्य सविना घर्तीले जानकारी दिइन्।

पार्टी प्रवेश गर्दै गगन बिकले एमाललेले प्रतिगमनको बाटो रोजेर संविधानलाई ध्वस्त पार्न खोजेपछि आफूहरू माओवादी केन्द्रमा समाहित भएको बताए।

 

प्रतिक्रिया दिनुहोस