काठमाडौं । निर्वाचन आयोगका आयुक्त सगुनशमशेर जबराले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल, उमेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाको हातोमालो आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले आयोगको एक्लो प्रयासबाट मात्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न हुन नसक्ने बताए । सबै पक्षको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे ।
“निर्वाचन आयोगले मात्र भयरहित वातारणमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सक्दैन,” आयुक्त जबराले भने, “यसमा राजनीतिक दल, उमेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातोमालो जरुरी छ ।”
उनले निर्वाचन आचारसंहिता पालना गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए । “निर्वाचन आयोग कसैलाई पनि कारबाही गर्न इच्छुक छैन,” उनले भने, “तर, निर्वाचन आचारसंहिता उल्लंघन भइरहे आयोग चुप लागेर बस्दैन । अब स्पष्टीकरण मात्र सोधिने होइन, जरिवाना पनि गर्न सुर गरिसकेका छौँ ।”
उनले निर्वाचन क्षेत्रमा मतदाता, मतदान केन्द्र र भूगोललाई आधार बनाएर उमेदवारहरूको खर्च सीमा तोकिएको स्पष्ट पारे । निर्वाचनमा प्रतिस्पर्धा गर्ने, खर्च गर्ने तर आयोगमा त्यसको विवरण नबुझाउनेहरूमाथि कारबाही गरेको उनको भनाइ छ ।
आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले तोकिएको सीमामै रहेर उमेदवारहरूले खर्च गर्नुपर्ने बताए । आचारसंहिताविपरीतको कार्य भएको उजुरी आएमा तत्काल अनुसन्धान गरी कारबाही गर्ने उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० कार्तिक २०७९, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम मन्त्रालयका कर्मचारीलाई लागू भयो नयाँ आचारसंहिता
आचारसंहिता उल्लङ्घनका २० हजार प्रचार सामग्री हटाइए
आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय
प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू
निर्वाचन ६० दिन बाँकीः आचारसंहिता चुनावमा बालबालिका प्रयोग गर्न पाइँदैन