काउलीमा गाँजा लुकाएर तस्करी गर्ने एकजना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २० कार्तिक २०७९, १० : १६
काउलीमा गाँजा लुकाएर तस्करी गर्ने एकजना पक्राउ

काठमाडौं । तरकारी खाने काउलीमा लुकाएर गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ६१ वर्षीय साइँला तामाङ छन् । धादिङको थाक्रे गाउँपालिका–७ घर भएका तामाङलाई चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट १ किलो ६ सय ग्राम गाँजाको धुलोसहित पक्राउ गरिएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

धादिङको महादेववेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ६३६८ नम्बरको बसमा सवार साइँलाले झोलाभित्र काउलीमा लुकाएर सो गाँजा ल्याएका हुन् । चेक जाँच गर्ने क्रममा काउलीको बीचमा गाँजाको धुलो भेटिएको प्रहरी वृत्त थानकोटले जनाएको छ । उनी विरुद्ध वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस