संविधानको रक्षा गर्नु गठबन्धनको पहिलो शर्त हो : मेटमणि चौधरी

सफल खबर संवाददाता

शनिबार, १९ कार्तिक २०७९, ११ : ५७
संविधानको रक्षा गर्नु गठबन्धनको पहिलो शर्त हो : मेटमणि चौधरी

फाईल तस्वीर

दाङ । दाङ क्षेत्र नम्बर १ का बामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने बताएका छन्।

शुक्रबार देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन्। जनताको ठुलो त्याग र बलिदानले निर्माण भएको संविधानको रक्षा गर्नु गठबन्धनको पहिलो शर्त रहेको उनको भनाइ छ।

मन्त्री चौधरीले भने, ‘गठबन्धनले प्रगतिशील एजेण्डा बोकेको छ। जनताले ठुलो त्याग र बलिदान गरी निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो शर्त हो। नयाँ संविधानमार्फत् प्राप्त भएको संघीय गणतन्त्र, समावेसी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको छ। संविधानको रक्षा र यसको कार्यान्वयनमार्फत् विकास निर्माणको अगुवाइ गर्ने हाम्रो प्रतिवद्धता छ। जनताको चाहना पनि त्यही छ। त्यसमाथि पाँच दल एक ढिक्का भएका छौँ। उता प्रतिगामी गठबन्धनको अगुवाइ एमालेले गरेको छ। यिनै कारणले गर्दा हाम्रो गठबन्धनले भारी अन्तरले चुनाव जित्दैछ।’

जनताले संविधान विरोधी तत्वलाई राम्रोसँग चिनिसकेको बताउँदै मन्त्री चौधरीले गठबन्धनलाई जनताले जिताउँने निश्चित रहेकाले पाँचवटै राजनीतिक दल पनि विकास र सम्बृद्धिका लागि जवाफदेही हुनुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस