काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले सरकारी सेवाको उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेको बताएका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर १ मा आम मतदाताहरूसँग घरदैलो कार्यक्रममा उनीहरूले आफूलाई पानी र सरकारी सेवाहरूको छिटोछरितो व्यवस्थापनमा जोड दिन आग्रह गरेको बताए ।
उनले विगतका वर्षमा भन्दा यस वर्ष मतदाताहरूले निर्वाचनका सन्दर्भमा राम्रो प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै नागरिकका मागहरू सम्बोधन गर्न आफू हरेक समय तयार रहेको बताए ।
काठमाडौं क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका साझा उमेदवार बनेका नेता सिंहले जनताको मेलम्चीको पानीको गुनासो र तीनै तहका सरकारलाई व्यवस्थित बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताए ।
उनले संघीयताअनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको गुनासो आम नागरिकले गरेको बताए । उनले यसअघिका दुई निर्वाचन संविधान लेख्नमा लागेको र संधिवान जारी गरिसकेपछि कार्यान्वयन गर्ने बेलामा कांग्रेसले जनमत नपाएकाले व्यवस्थित हुन नसकेको भन्दै आगामी निर्वाचनपछि कांग्रेसले संविधानको अक्षरशः कार्यान्वयन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ कार्तिक २०७९, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह