गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित निवेल घाटबाट प्रहरीले जलाउन लागेको शव र उनका छोरासहित १७ जना मलामीलाई नियन्त्रणमा लिएको छ ।
शनिबार मृतकको हत्या आशंकामा प्रहरीले छोरासहित मलामीहरुलाई घाटबा६ नियन्त्रणमा लिएको हो । एक साताअघि छोराको कुटाइबाट घाइते बनेकी आमाको शनिबार बिहान तीन बजेतिर मृत्यु भएको बताइएको छ ।
भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित माझथोकका ३५ वर्षीय राजेश विश्व (विक) ले ७४ वर्षीय आमा विद्या विश्वलाई कुटपिट गरी घाइते बनाएका थिए । मदिरा सेवन गरेका राजेशले आमालाई कुटपिट गरेका थिए । शरीरका विभिन्न भागमा निलडाम भएकी विद्याको मृत्यु सोही कुटपिटका कारण भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
शवलाई पोस्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ भने छोरा राजेशसहित अन्य मलामीहरुलाई घटनाबारे सोधपुछ गर्ने काम भइरहेको डिएसपी भेषराज रिजालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस