नारायणी अस्पतालका स्वास्थ्यकर्मी–कर्मचारीद्वारा आन्दोलनमा उत्रने चेतावनी

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, १९ : ३१
नारायणी अस्पतालका स्वास्थ्यकर्मी–कर्मचारीद्वारा आन्दोलनमा उत्रने चेतावनी

वीरगंज (पर्सा) । वीरगन्जस्थित नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी–कर्मचारीहरु विगत ३ वर्षदेखि तलब समायोजनको माग गर्दै आइरहेका अवस्थामा अस्पताल व्यवस्थापन समितिले तलब समायोजनको मागलाई सम्बोधन नगरेपछि आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

उनीहरुले अस्पताल व्यवस्थापन समितिले माग पूरा नगरे इमर्जेन्सी, एक्सरे, आईसीयु, एन.आई.सी.यू. तथा सरसफाई सांकेतिक रुपमा बन्द गर्ने चेतावनी दिएका हुन् । मागबारे अस्पताल विकास समितिलाई पटक–पटक जानकारी गराउँदा समेत कुनै सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रन बाध्य हुने र त्यसबाट हुने सम्पूर्ण क्षति अस्पताल विकास समितिले लिनुपर्ने चिकित्सकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस