गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ओलीमा देश र जनताप्रति घात गर्ने प्रवृत्ति रहेको बताए । गोरखाको आहालेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओली प्रवृत्ति सच्चिने खालको प्रवृत्ति नभएको बताए ।
‘हामीले जसलाई प्रधानमन्त्रीको रूपमा अघि सारियौँ । जसलाई एक नम्बर अध्यक्ष भनियो । ती मान्छेले संविधान स्वीकार गरेका रहेन छन् । संविधान स्वीकार गरे भनेर संविधानमा हस्ताक्षर गरे । त्यो हस्ताक्षर नक्कली गरेका रहेछन्’ प्रचण्डले भने, ‘(केपी ओली)को मनमा तपाईँले सुन्नु भएको होला गोरु गाडाको सिद्धान्त रहेछ । हामीले देशमा संविधान सभा हुनुप¥यो देशमा समान्ति राजतन्त्र फालेर गणतन्त्र ल्याउनुपर्छ भन्दा देशमा गणतन्त्र ल्याउनु भनेको गोरु गाडा लिएर अमेरिकाको वासिङ्टन पुगिन्छ भन्नु उस्तै हो भन्थे ।’
संविधानमा हस्ताक्षर गरेपछि गणतन्त्र मान्छु भनेपछि उनी बदलिए भन्ठानेको तर तीन वर्ष पुग्दानपुग्दै मौका कुरेर बसेको थाहा पाइएको प्रचण्डले बताए । केपी ओली अहिले पनि गोरु गाडावाला सिद्धान्तबाट दायाँबायाँ नभएको उनले आरोप लगाए । ‘केपी ओली गणतन्त्र संघीयता समावेशिता स्वीकार गरेका रहेन छन् । आफू बलियो भएपछि यो संविधान च्यात्दिन्छु । यो गणतन्त्र उल्ट्याई दिन्छु । महिलाले पाएको ३३ प्रतिशत उल्ट्यिाई दिन्छु यो देशका दलित, मधेसी, थारु, मुस्लिम, जनजातिले पाएको अधिकार उल्ट्याउने ताकमा रहे छन्’ प्रचण्डले भने, ‘त्यसका विरुद्ध सघर्ष गरेर यो गठबन्धन बनाएका हौ । ओली प्रवृत्ति देश जनताप्रति घात गर्ने प्रवृत्ति रहेछ भनेपछि परास्त नगरेपछि देश दुर्घटनामा पर्ने जनता फेरी निरंकुशताको जाँचोमा पिसिने खतरा छ भन्ने भएपछि आन्दोलित हुँदै यो गठबन्धन बनाएका हौ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल