विश्वभरका पर्यटकलाई भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, १४ : ५३
विश्वभरका पर्यटकलाई भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउनका लागि ‘पर्यटक भ्रमण दशक’ कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउने उनको भनाइ थियो ।

थाहा नगरपालिकाले शुक्रबारबाट काठमाडौंको बसन्तपुर डबलीमा आयोजना गरेको ‘थाहा पर्यटकीय फोटो प्रर्दशनी’को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कल्चर, नेचर र यहाँ रहेका वैभवहरुका लागि पूर्वाधार विकास गरी नेपालमा बाह्रै महिना पर्यटकहरु आकर्षित हुने गरी आफूले योजना तयार पारेको दावी समेत गरे ।

पर्यटन क्षेत्रको समावेशी विकासका लागि आफूले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार परेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यसको कार्यान्वयनमा जोड दिने समेत बतामए । उनले भने, ‘नेपाललाई १२ महिनानै पर्यटन गन्तव्य स्थलको रुपमा स्थापित गर्नुपर्छ भन्ने मान्यतासहित अहिले पर्यटन मन्त्रालयले कार्यक्रमहरु अगाडि सारेका छौं । र, म यो मन्त्रालयको जिम्मेवारीमा आईसकेपछि ७३ बूँदाको पर्यटन विकासको कार्यक्रमहरु तत्कालीन, मध्यकालीन र दीर्घकालीन महत्वको कार्यक्रमहरु अगाडि सारेको छु । र, पर्यटन क्षेत्रलाई समावेशी ढंगबाट विकास गर्ने उद्देश्यसहित कार्य योजनाहरु तयार गरेको छु ।’

प्रतिक्रिया दिनुहोस