गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटकको चुनाव जित्नु भन्दा पनि अत्यधिक बहुमतको जित्नु महत्वपूर्ण रहेको बताएका छन् ।शुक्रवार गोरखा नगरपालिका–१२ रानीटारमा आयोजित गठबन्धन दलहरुको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई अत्यधिक बहुमतले बिजयी गराएर नयाँ कीर्तिमान कायम गर्न गोरखाका मतदातलाई आग्रह गरे ।
‘गोरखामा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्र हो, दुवै मिलेपछि यसै जितिहालियो, अब के मेहनत गर्नुपर्यो भनेर धेरै ठाउँमा तर्क गरेको सुनेको छु,’ उनले भने, ‘यसरी सोच्नु सही हुँदैन, जित्ने कुराभन्दा पनि गोरखामा एउटा नयाँ रेकर्ड बनाउने कुरा महत्वपूर्ण छ, अत्यधिक बहुमतले जित्ने भन्ने कुरा महत्वपूर्ण छ ।’
अधिकतम मत खसाएर अत्यधिक बहुमतबाट विजयी गराएर गोरखाले कीर्तिमान बनाए मात्र गोरखामा विकासको महाअभियान सुरु गर्न सकिने उनले बताए । मतदानमा हुने त्रुटी रोक्न टोलटोल र घरघरमा मतदानको प्रक्रिया सिकाउनुपर्ने बताउँदै उनले भने, ‘एक एक भोट खेर जान नपाओस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’