काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा विकास र समृद्धिको सपना बोकेर आएको बताएका छन् । शुक्रबार गोरखामा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।
‘म यसअघि रोल्पा र काठमाडौंबाट लडेको हो। मेरो आवश्यकता र उद्धेश्य देशलाई शान्तितिर लैजानु थियो। सिरहामा मधेशको विश्वास जित्न गएको हो । तेस्रो चुनाव मैले गृहजिल्ला चितवनमा लडेँ। चितवनका जनताले प्रचण्ड रोल्पा, काठमाडौं र सिरहा गएको गुनासो गरे’ प्रचण्डले भने, ‘गोरखामा पनि विकास र समृद्धिको सपना बोकेर आएको हुँ ।’
प्रचण्डले गोरखामा आफ्नो जित संसारले देख्नुपर्ने बताए। ‘गोरखाको जित संसारले पनि देख्नुपर्छ । यहाँको निर्वाचनमा हामीले राम्रोसँग एक ढिक्का भएर मतदान गर्यौँ भने त्यसले शक्ति प्रदान गर्नेछ,’ उनले भने ।
प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री र आफू देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेको प्रचण्डको भनाइ छ । ‘सुरेन्द्रराज पाण्डेले जितेपछिग गण्डकीको मुख्यमन्त्री बन्नेछन्। यो निर्वाचनपछि मैले देशको नेतृत्व लिने सम्भावना छ। मैले जिते गोरखाको विकासले पनि तीव्रता ल्याउँछु।’ प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार आवश्यक छ : प्रचण्ड
प्रचण्डले लिए मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी
विपद् प्रतिकार्यमा तुरुन्त कदम चाल्न सरकारलाई प्रचण्डको आग्रह
माओवादीसँग निर्वाचन प्रणाली र संविधान संशोधनको स्पष्ट धारणा छ : प्रचण्ड
प्रचण्ड र शेखर डा. कोइरालाबीच खुमलटारमा भेटवार्ता
सरकार देशलाई असफल बनाउनेतर्फ अग्रसर छ: प्रचण्ड