काठमाडौँ । एनआईसी एशिया बैंकको सिईओमा पुनः रोशन कुमार न्यौपाने नियुक्त भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले न्यौपानेलाई सिईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। मंसिर १५ गतेदेखि लागू हुने गरी उनलाई सञ्चालक समितिले आगामी ४ वर्षका लागि सिईओमा पुनः नियुक्त गरेको हो।
सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए।
बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ को ३७९ औँ बैठकले उनलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ कार्तिक २०७९, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआईसी एशिया बैंक र ई–स्टप नेपालबिच विशेष सम्झौता
एनआईसी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालय उद्घाटन
एनआईसी एशिया बैंकको सहयोगमा बाला सुन्दरी माविमा पुस्तकालय निर्माण
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट
खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह