जनकपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका छन ।
जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा आज आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीले पार्टीलाई दास बनाउन खोजेपछि आफूहरुले विद्रोह गरेको बताए । संविधान रक्षा, स्थायी सरकार र राष्ट्रिय विकासका लागि पाँच दलीय गठबन्धन अवधारणा अघि सारिएको उनले बताए ।
जनताले २०७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमत दिए पनि ओलीले कुनै काम गर्न नसकेको अध्यक्ष नेपालको आरोप थियो । “गठबन्धन संविधानको रक्षाका लागि बनेको हो”, उनले भने ।
कार्यक्रममा रामविनोद यादवको अगुवाइमा विभिन्न व्यक्ति एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । कार्यक्रममा धनुषा–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामचन्द्र झालगायतले पनि आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ कार्तिक २०७९, २१ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल