काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले मानव अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
किड्नीलगायतका अंगहरु फेल भएर बसेकाहरुको पुनर्जन्म हुने भएकाले मृत्युपछि अंग दान गर्ने कार्यलाई अभियानको रुपमा अघि बढाउन उपयुक्त हुने उनको भनाइ थियो।
मारबाडी सेवा समितिले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दान गरिएको अंगहरुले मान्छेको पुनर्जन्म गराउने र उनीहरुको स्वस्थ जीवनले मुलुकलाई समृद्ध बनाउन योगदान पुर्याउने भएकाले पनि मानव अंग दान अति आवश्यक रहेको स्पष्ट पारे।
मन्त्री श्रेष्ठले भने, ‘हामीसँग निश्चित अंगहरु छन्। ती मृत्युपछि पनि प्रयोग हुँदोरहेछ। त्यसलाई प्रयोग गर्न सक्दाखेरी पीडामा रहेकाहरुलाई नयाँ जीवन दिन सकिँदोरहेछ। किड्नी पनि एउटा पक्ष रहेछ। हामीले हाम्रा किड्नीहरु, कलेजोहरु हामीले मृत्युपछि दिन सक्छौँ। र, त्यो दिएको कुराहरुले अर्को मान्छेलाई हामीले पुनर्जीवन दिन सक्छौँ। त्यो कामलाई हामीले व्यापकता दिन सक्यौँ भने त्यो हामीले धेरै ठूलो सेवा गर्न सक्ने, पुनर्जन्म दिन सक्ने मानवीय सेवा हुँदो रहेछ। मानव अंग दान गर्ने अभियानको रुपमा लैजान सक्यौँ भने तन्दुरुस्त मान्छेको रुपमा पनि हामीले अगाडि बढाउन सक्छौँ त्यो काममा लाग्नु पर्दछ। ’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ कार्तिक २०७९, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वतन्त्र र विश्वसनीय निर्वाचनका लागि सरकार सक्रिय रहेको मन्त्री श्रेष्ठको दाबी
‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ : मन्त्री श्रेष्ठ
‘मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ’ : मन्त्री श्रेष्ठ